फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लोकप्रिय गन्तव्य बन्दै प्राकृतिक चिकित्सालय

(GMT+08:00) 2017-06-13 15:10:11

नवलपरासीको रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालय पछिल्लो समय बिरामीका लागि निकै लोकप्रिय गन्तव्य बन्दै गएको छ। विशेषगरी आधुनिक औषधि उपचार सेवाबाट सञ्चो हुन नसकेका बिरामीलाई प्राकृतिक चिकित्सा र योग पद्धतिमार्फत उपचार सेवा प्रदान गरिने भएपछि चिकित्सालयमा उपचार सेवा लिन घुइँचो बढेको छ।

२०६३ सालमा स्थापना भइ २०६४ सालदेखि उपचार सेवा प्रारम्भ गरेको चिकित्सालयले औषधिरहित प्रद्धतिबाट उपचार सेवा प्रदान गरिँदै आएको राष्ट्रिय समाचार समितीले लेखेको छ।

यहाँ माटो, पानी, हावा, अग्नी, जलका साथै जडीबुटी, वैज्ञानिक मालिस, अक्युपङ्चर, फिजियोथेरापी, योग, ध्यान पद्धतिद्वारा उपचार प्रदान गरिन्छ। हाल यस चिकित्सालयमा देशका विभिन्न स्थानबाट र छिमेकी देश र विदेशबाट उपचार सेवा लिन आउने गरेका छन्।

चिकित्सालयमा उपचार सेवा लिन आएका अधिकांश बिरामीको विमार निको हुँदै गएको छ। बिरामीका लागि दूधका लागि गौपालन र अर्गानिक तरकारी र जडीबुटी खेती चिकित्सालयले नै गरेको छ।

हाल यस चिकित्सालयमा ८२ बिरामीलाई आवासीयरुपमा उपचार सेवा दिन सकिन्छ। मासिक करिब रु नौ लाख खर्च आउने यस चिकित्सालयले बिरामीबाटै सङ्कलन गर्ने न्यून उपचार शुल्कबाट चिकित्सालय सञ्चालन भइरहेको चिकित्सालयका व्यवस्थापक हरिप्रसाद सापकोटाले बताउनुभयो।

दस बिगाहा क्षेत्रफलमा फैलिएको यस चिकित्सालयलाई २०६८ सालमा नेपाल सरकारबाट सो जग्गाको भोगाधिकार प्राप्त भएको थियो।

अघिल्लो समयमा बिरामीको खासै चाप नभएपनि अहिले बिरामीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गइरहेको चिकित्सालयका सहायक निर्देशक डा विनोद पौडेलले बताउनुभयो।

जानकारी तथा लेखहरु