फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ टोलीले सम्झौताकै दिनबाट बुढीगण्डकीको निर्माण थाल्ने

(GMT+08:00) 2017-06-13 15:13:52

चिनियाँ कम्पनीसँग सरकारले सम्झौता गरेकै दिनदेखि बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण सुरु हुने भएको छ। अबको ६ महिनाभित्रै आयोजनाको बिस्तृत सम्भाब्यता अध्ययनको 'रिस्टेटमेन्ट' सकाउने कार्यतालिका निर्माणको जिम्मा पाएको चीनको चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेड (सीजीजीसी)ले जनाएको अनलार्इनखबरले लेखेको छ।

कम्पनीको टोली अहिले निर्माणस्थलको अवलोकन गर्न आयोजनास्थल पुगेको छ। नेपाल सरकार र सीजीजीसीबीच १२ सय मेगावाट क्षमताको जलाशययुक्त बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण सम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भइसकेको छ। अन्तिम सम्झौता भने हुन बाँकी नै छ। सबै प्रक्रिया टुंग्याएर त्यो हुनासाथ काम सुरू गर्ने सीजीजीसीको भनाइ छ।

गत जेठ ९ गतेको मन्त्री परिषद् बैठकले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको जिम्मा चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेडलाई दिने निर्णय गरेको थियो।

यो आयोजनामा चिनियाँ कम्पनीले गरेको लगानीलाई नेपाल सरकारले ऋणका रुपमा ग्रहण गर्नेछ। बिजुली उत्पादन सुरु भएपछि त्यसलाई नै बेचेर सरकारले कम्पनीको ऋण तिर्ने मोडल यसमा लगाइँदैछ।

जतिसक्दो छिटो आयोजनाको निर्माण सुरु गर्न प्रयास भइरहेको गेजुवा नेपालका जनसम्पर्क ब्यवस्थापक ओमबन्धु कार्कीले जानकारी दिए। आयोजना स्थलमा चीनमा २२५० मेगावटको आयोजना बनाउने अधिकारीहरुको टोली पुगेको छ।

टोलीले विभिन्न भागहरुको निरीक्षण गरेर डिपीआरको पुनरावलोकन गर्ने तयारी गरेको छ। कम्पनीका कन्ट्री डाइरेक्टर युआन झेछोन नेतृत्वको टोली निरीक्षणमा आएको हो। अहिले प्रभावितलार्इ मुआब्जा वितरणको काम भइरहेको छ।

जानकारी तथा लेखहरु