फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ग्रामीण भूमि सम्झौता व्यवस्थापन अधिकारको धितोद्वारा पूँजी जुटाउने समस्याको समाधान

(GMT+08:00) 2017-06-13 16:26:14

सन् 2015मा ग्रामीण भूमि सम्झौता व्यवस्थापन अधिकारको धितोबाट चीनको कान सु प्रन्तीय सि ह जिल्लालार्इ कर्जा लिने परीक्षण जिल्ला बनाइएदेखि त्यससित सम्बन्धित संयन्त्रको सुधार गरेर अनेकन् कदमको तर्जुमा गरी पूँजी जुटाउने समस्याको राम्ररी समाधान गरेको छ। गत मे महिनासम्म पूरै जिल्लाले ग्रामीण भूमि सम्झौता व्यवस्थापन अधिकाररूपी सम्पत्तिको धितोबाट दश करोड चिनियाँ युआनको ऋण पाएको छ। जसबाट कृषि क्षेत्रमा ऋण दिनका लागि धितोको अभाव हुने समस्याको प्रारम्भिक समाधान गरेर स्थानीय विशेषतायुक्त कृषिको विकास गर्न र किसानको विपन्नता हटाउनका लागि सहयोग दिएको छ।

सि ह जिल्लाको वित्त कार्यालयका प्रमुख लै यु सिका अनुसार, ग्रामीण सम्पत्तिको धितोद्वारा पूँजी जुटाएर ऋण दिएबाट बैंकका लागि पनि जोखिम कम हुनुका साथै किसानका लागि धितो समस्याको समाधान भएबाट कृषि क्षेत्रको विकासमा पूँजी समस्याको समाधान गर्न निकै सहयोगी भएको छ।

1  2  
जानकारी तथा लेखहरु