फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जडीबुटीबाट २३ लाख राजस्व

(GMT+08:00) 2017-06-14 14:25:55

मुगु जिल्लामा जडीबुटी निकासी र संकलनबाट २३ लाख ७७ हजार राजस्व संकलन भएको छ।

जिल्ला वन कार्यालयका अनुसार साउनयता साधारण च्याउ, सेतो चिनी, पदमचाल, चिराइतो, कटुकी, बिसजरा, अत्तिस, जटामसी र सुगन्धवाललगायत जडीबुटीबाट उक्त राजस्व रकम संकलन भएको हो। साथै १ हजार ४ सय क्विन्टल जडीबुटी बाहिर निकासी भएको कान्तिपुरअनलार्इनले लेखेको छ।

सहायक वन अधिकृत द्रोणविक्रम कार्कीका अनुसार तीन वर्षयता जडीबुटीको राजस्व संकलनमा वृद्धि हुँदै गएको छ। साधारण च्याउ ८ सय ९० किलो, सेतो चिनी ७६ क्विन्टल, चिराइतो २०, कटुकी ३ सय ७१, बिसजरा ४ र अत्तिस डेढ क्विन्टल संकलन भएको छ।

जानकारी तथा लेखहरु