फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वित्तीय क्षेत्रको लगानी १९ खर्ब ५८ अर्ब

(GMT+08:00) 2017-06-14 14:27:07

देशमा राजनीतिक वातावरणमा आएको सुधारसँगै पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रको लगानी बढ्न थालेको छ। चालू आर्थिक वर्षको वैशाखसम्म बैंक तथा वित्तीय संस्थाले विभिन्न क्षेत्रमा १९ खर्ब ५८ अर्ब ५६ करोड रुपैयाँ लगानी गरेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ। यस अवधिमा भएको लगानी वृद्धि गएको आवको सोही अवधिको तुलनामा १६ दशमलव दुई प्रतिशत बढी हो।

गएको वर्षको वैशाखसम्म यस्तो लगानी १५ खर्ब ८० अर्ब ६८ करोड रुपैयाँमात्र थियो। एक वर्षको अवधिमा तीन खर्ब ३७ अर्ब ८८ करोडले लगानी बढेको छ। गएको वर्षको असार मसान्तसम्म बैंक तथा वित्तीय क्षेत्रको लगानी १६ खर्ब ८१ अर्ब ८५ करोड रुपैयाँ थियो। बैंक तथा वित्तीय क्षेत्रबाट भएको कुल लगानीमध्ये निजीक्षेत्रतर्फ प्रवाहित कर्जा वाणिज्य बैंकको १९.७ प्रतिशत र विकास बैंकहरूको दुई दशमलव पाँच प्रतिशत बढेको छ भने वित्त कम्पनीको एक दशमलव सात प्रतिशतले घटेको अन्नपूर्णपोस्टले लेखेको छ।

समीक्षा अवधिमा यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा सबैभन्दा बढी २६.१ प्रतिशतले बढेको छ भने निर्माण क्षेत्रतर्फको कर्जा १८.४ प्रतिशत, सेवा क्षेत्रका उद्योगतर्फको कर्जा १६.८, थोक तथा खुद्रा व्यापारतर्फको कर्जा १३.८ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रको कर्जा १२.४ प्रतिशत र कृषि कर्जा १०.८ प्रतिशतले बढेको छ।

यस अवधिमा लगानीमध्ये ६१ प्रतिशत घरजग्गा धितोमा, १३.९ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैरकृषिजन्य वस्तु) मा र अन्य क्षेत्रमा छ। एक वर्षको अवधिमा कृषि क्षेत्रको लगानी एक अर्ब ३२ करोड रुपैयाँले बढेर ८७ अर्ब २७ करोड पुगेको छ।

जानकारी तथा लेखहरु