फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल र भारतबीचको सीमाक्षेत्र ४८घण्टा बन्द हुने

(GMT+08:00) 2017-06-14 14:40:20

नेपालमा दोस्रो चरणको स्थानीय निर्वाचन यसै महिनाको २८तारिख हुँदैछ। यसै बीच कञ्चनपुरस्थित नेपाल र भारतबीचको सीमा क्षेत्र ४८घण्टा बन्द हुनेछ।

नेपाल र भारत समन्वय समितिले १२ तारिख महेन्द्र नगरमा बैठक गरेर २६ तारिखदेखि २८सम्मका ४८घण्टासम्म सीमा क्षेत्र बन्द गर्ने निर्णय गरेको छ।

कञ्चनपुर क्षेत्रका जिम्मेवार अधिकारीबाट प्राप्त जानकारीअनुसार, निर्वाचनको प्रत्याभूति गर्नका लागि दुर्इ पक्षले सीमा रेखानजिकै सुरक्षा जाँचबुझ र कदमलाई सबल पार्ने सहमति गरेका छन्।

नेपालको निर्वाचन आयोगद्वारा प्रकाशित स्थानीय निर्वाचन योजनाबमोजिम नेपालको स्थानीय निर्वाचन दुर्इ चरणमा विभाजन गरिएको हो। पहिलो चरणको निर्वाचन मे १४ तारिख प्रदेश न. ३, ४ र ६ मा आयोजित भइसकेको छ। यसै जुन महिनाको २८तारिखमा १, २, ५ र ७ प्रान्तमा दोस्रो चरणको निर्वाचनको आयोजना हुने जनाइएको छ।

जानकारी तथा लेखहरु