फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ता थुङ जिल्लामा अवस्थित पेन मा कौ गाउँका बासिन्दाहरूको सुखमय जीवन

(GMT+08:00) 2017-06-14 19:36:39

छिङ हाई प्रान्तको सी निङ शहरबाट पचास किलोमिटर टाढा रहेको ता थुङ जिल्ला मातहतको श्व पै तिब्बती जातीय ग्रामीण क्षेत्रमा एउटा सुन्दर गाउँ अर्थात् पेन मा कौ गाउँ अवस्थित छ। बितेका दुई वर्षयता स्थानीय सरकारको गरिबी निवारण नीति बमोजिम त्यस गाउँका बासिन्दाहरूले गाउँको विशेषतायुक्त पर्यटनको विकास गरेर सम्पन्न जीवन बिताएका छन्।

पेन मा कौ गाउँ समुद्री सतहभन्दा औसत रूपमा दुई हजार आठ सय मिटरको उचाइमा पर्छ। समस्त गाउँको जनसंख्या मात्र छ सय बाह्र छ। त्यो हान र तिब्बती जाति मिसिएर बसोबास गर्ने गाउँ हो। तीमध्ये तिब्बती जातिको जनसंख्याले कुल जनसंख्याको सत्तरी प्रतिशत ओगटेको छ।

सन् 2015मा पेन मा कौ गाउँले एक करोड तीस लाख चिनियाँ युआन लगानी लगाएर गाउँ छेउको पहाडमा विशेषतायुक्त पर्यटन व्यवसायको विकास गर्न थालेको थियो। हाल गाउँका बासिन्दाहरूले सम्पन्न र सुखमय जीवन बिताइरहेका छन्।

जानकारी तथा लेखहरु