फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पश्मिनाको निर्यात घटेपनि व्यवसायीहरु सुधारिने प्रतीक्षामा

(GMT+08:00) 2017-06-15 15:22:19

वैदेशिक मुद्रा आर्जनको आकर्षक वस्तु मानिने पश्मिनाको निर्यात चालु आर्थिक वर्षमा घटे पनि व्यवसायीहरु भने निराश भएका छैनन्। अघिल्लो आर्थिक वर्षको तुलनामा पश्मिनाको निर्यात घटेपनि भविष्यमा निर्यातको सम्भावना उच्च देखेर व्यवसायीहरु उत्साहित भएका हुन्। विश्व बजारमा सामूहिक ट्रेडमार्क दर्ता गरेसँगै नेपाली पश्मिनाको नाममा फेक उत्पादन निरुत्साहित हुने भएकोले पश्मिना व्यवसायीहरु उत्साहित भएका हुन्।

चालु आर्थिक वर्षको नौ महिनामा अघिल्लो वर्षको तुलनामा पश्मिनाको निर्यात मूल्यमा १३ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्षको चैत महिनासम्म २ अर्ब १७ करोड रुपैयाँको पश्मिना निर्यात भएकोमा चालु वर्षको यही अवधिमा जम्मा १ अर्ब ८९ करोडको भएको छ। नेपाली पश्मिनाको मुख्य बजार जापान तथा युरोपियन मुलुकहरुको आर्थिक अवस्था सुधारोन्मुख अवस्थामै रहेकोले पश्मिनाको निर्यात घट्नु स्वभाविक भएको व्यवसायीहरु बताउँछन्। अहिलेको अवस्थाबाट निरुत्साहित हुनुपर्ने अवस्था नभएको नेपाल पश्मिना एसोसिएसनका महासचिव चिरञ्जवी काफ्लेले बताउनुभयो।

नेपाली पश्मिनाले च्याङ्ग्रा पश्मिनाको नामबाट सामूहिक ट्रेड मार्क भर्खरै दर्ता गराएकाले विश्वबजारमा जिज्ञासा बढ्दै गएको र आगामी दिनहरुमा व्यापारमा फड्को मार्न सकिने महासचिव काफ्ले बताउँछन्। अमेरिका, क्यानडा, अष्ट्रेलिया लगायतका ४० देशहरुमा च्याङ्ग्रा पश्मिना ट्रेडमार्क दर्ता भएको सेतोपाटी अनलाइनले लेखेको छ।

जानकारी तथा लेखहरु