फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतले वस्तु तथा सेवा कर लगाउने भएपछि नेपालमा असरबारे अध्ययन हुँदै

(GMT+08:00) 2017-06-15 15:23:59

आगामी जुलाई १ देखि भारतले वस्तु तथा सेवा कर (जिएसटी) कार्यान्वयन गर्ने भएपछि त्यसले नेपालको समग्र अर्थतन्त्रमा पर्न सक्ने असरका सम्वन्धमा अध्ययन थालिएको छ। यसले नेपालको व्यापार र वाणिज्यको क्षेत्रमा पार्ने प्रभावको बारेमा आफुहरुलाई स्पष्ट र यकिन जानकारी नभए पनि सम्भावित असरको बारेमा अध्ययन थालिएको अधिकारीहरुले बताएका छन्।

दिल्लीस्थित नेपाली दूतावासले जिएसटीको बारेमा प्रारम्भिक अध्ययन गरेर नेपालको व्यापार तथा वाणिज्यमा पार्न सक्ने असरका सम्बन्धमा विस्तृतमा अध्ययन गरी जानकारी दिन परराष्ट्र मन्त्रालय, वाणिज्य मन्त्रालय र अर्थ मन्त्रालयलाई पत्राचार गरेको कान्तिपुर अनलाइनले जनाएको छ। भारतीय पक्षले पनि सो ऐनको कार्यान्वयन गरेपछि पर्न सक्ने असरका सम्बन्धमा के गर्न सकिन्छ भन्ने विषयमा नेपालसँग प्रतिक्रिया मागिरहेको छ। दिल्लीस्थित नेपाली दूतावासका मिनिस्टर इकोनोमिक कृष्णहरि पुष्करले यस विषयमा भारतको सम्बन्धित निकायहरुसँग औपचारिक तथा अनौपचारिक तहमा कुराकानी भइरहेको बताउनुभयो। खुला सिमाना र दुई देशको बीचमा रहेको व्यापारिक सम्बन्धका कारण केही असर गर्न सक्ने देखिएको छ।

आगामी २ हप्तामा नै त्यसको अध्ययन गरेर सम्भावित व्यवधानहरुलाई हटाउन पर्ने आवश्यकता देखिन्छ। विशेषत: नेपालको झण्डै दुई तिहाई आयात भारतबाट नै हुने भएकाले भारतमा हुने सानो नीतिगत परिवर्तनले समेत नेपाललाई असर गर्ने गर्दछ।

जानकारी तथा लेखहरु