फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल र युगान्डाबीच दौत्य सम्बन्ध स्थापना

(GMT+08:00) 2017-06-15 16:24:14

नेपाली विदेश मन्त्रालयबाट प्राप्त जानकारीअनुसार, 13 तारिखदेखि नेपाल र युगान्डाबीच औपचारिक दौत्य सम्बन्ध स्थापना भएको छ।

संयुक्त राष्ट्र संघस्थित नेपालका प्रतिनिधि दुर्गा प्रसाद भट्टराई र युगान्डाका प्रतिनिधि आडोनिय आयेबरेले न्यूयोर्कमा संयुक्त वक्तव्यमा हस्ताक्षर गरेर दौत्य सम्बन्ध औपचारिक स्थापना भएको घोषणा गर्नुभएको हो। त्यसपछि उहाँहरुले संयुक्त राष्ट्रसंघका महासचिवसमक्ष सूचना पेश गर्नुभएको छ। यसरी नेपालसँग दौत्य सम्बन्ध रहेका मुलुकको संख्या एक सय 45 पुगेको छ।

दौत्य सम्बन्ध स्थापनाले दुइ देशको सम्बन्धलाई अझ घनिष्ट पार्नुका साथै आपसी सहयोगात्मक सम्बन्धलाई पनि घच्घच्याउनेछ।

नेपाल र युगान्डा दुवै असंलग्न आन्दोलन र 77 मुलुक समूहका सदस्य मुलुक हुन्।

जानकारी तथा लेखहरु