फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल-चीन कोरला नाकामा वार्षिक मेला जारी

(GMT+08:00) 2017-06-16 15:01:09

नेपाल र तिब्बतको सीमा क्षेत्र कोरला नाकामा बर्सेनि आयोजना हुने गरेको अन्तरदेशीय व्यापार मेला विहीबारदेखि सुरु भएको छ। मेला प्रवेशका लागि यस वर्ष सीमा क्षेत्रका नेपालीलाई परिचयपत्र अनिवार्य गरिएको छ। दश दिनसम्म सञ्चालन हुने सो मेलाका लागि चिनियाँ र नेपाली व्यापारी सीमा क्षेत्रमा पुगिसकेका गोरखापत्र अनलाइनले जनाएको छ।

गत वर्षसम्म परिचयपत्र बिना सीमा क्षेत्रका व्यापारीलाई चिनियाँ पक्षले सहजै प्रवेश दिएको थियो। मेला सञ्चालनका लागि ढुङवासेन काउन्टीमा चिनियाँ सुरक्षा अधिकारी र नेपालका तर्फबाट इलाका प्रशासन कार्यालय छोसेर, सीमा प्रहरी चौकी लोमान्थाङका सुरक्षा अधिकारीबीच छलफल भएको थियो। सो छलफलमा लोमान्थाङ गाउँपालिकाका प्रमुख सुवर्णकुमार विष्ट र दालोमे गाउँपालिका प्रमुख लोप्साङ छोम्फेल गुरुङ राजुको सहभागिता रहेको थियो।

बैठकमा चिनियाँ पक्षले सुरक्षालाई पहिलो प्राथमिकता दिएर परिचयपत्र बिना प्रवेश दिन नसक्ने बताएको थियो।सोहीबमोजिम दुई गाउँपालिकाका बासिन्दाका लागि इलाका प्रशासन कार्यालयले अस्याथी परिचयपत्र जारी गरेको छ। इलाका प्रशासन कार्यालयका प्रमुख जीतेन्द्र बलामीका अनुसार वर्षको दुईपटक आयोजना हुने सो अन्तरदेशीय व्यापार मेलाबाट सीमा क्षेत्रका बासिन्दाले दैनिक उपभोग्य वस्तु आयातदेखि विभिन्न किसिमका जडीबुटी निर्यात गर्छन्। गत वर्ष २५ दिनसम्म व्यापार मेलाका नाका खुलाइएको थियो। व्यापार मेला हुने भएपछि अहिले कोरला नाकास्थित नेचुङ भन्सार कार्यालय सञ्चालनमा आएको छ। 

जानकारी तथा लेखहरु