फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कैलाश–मानसरोवर तीर्थयात्राका लागि जाने पर्यटकहरूको संख्यामा वृद्धि

(GMT+08:00) 2017-06-16 15:06:03

कैलाश–मानसरोवर तीर्थयात्राका लागि जाने पर्यटकहरू बढेका छन्। तीर्थयात्रीको चाप बढेकाले नेपालगन्ज र हुम्लाका होटलहरू एक महिनादेखि भरिभराउ छन्। त्यसैगरी मानसरोवर जाने तीर्थयात्री ओसार्न निजी एयरलाइन्सलाई भ्याइनभ्याई छ। मानसरोवर जानेमा बढी भारतीय तीर्थयात्री छन् । तीर्थयात्री बढेसँगै नेपालन्ज–सिमकोट दैनिक २५ उडान हुने गरेका छन्। तीर्थयात्री ओसार्नका लागि नेपालगन्ज विमानस्थलमा गोमाका ३, ताराका ३, सिम्रिकका २ र सीताका १ जहाज छन् । त्यस्तै सिमकोट विमानस्थलमा फिस्टेल, माउन्टेन, सिम्रिक, डाइनास्टी एयरले १० वटा हेलिकप्टर राखेका छन् । सिमकोट–हिल्सा रुटमा हेलिकप्टरका दैनिक ८० बढी उडान हुने गरेका छन् । सिमकोटबाट १५ मिनेटको उडानपछि हिल्सा र त्यसपछि चीनको ताक्लाकोट हुँदै मानसरोवर पुग्न सकिन्छ।

इकान्तिपुर अनलाइनका अनुसार वैशाखको पहिलो सातादेखि असोजसम्म भारतीय तीर्थयात्रीहरू कैलाश–मानसरोवर यात्राका लागि जाने गरेका छन् । तीन दिनदेखि नेपालगन्जबाट हुम्ला हुँदै मानसरोबर जाने तीर्थयात्रीका कारण विमानस्थल व्यस्त बन्दै गएको छ। नेपालगन्ज–सिमकोट जहाजमा जाने तीर्थयात्रीहरू तिब्बत सीमा हिल्सासम्म हेलिकप्टर प्रयोग गरी जाने गरेका छन्। हिल्साबाट भने चिनियाँ सवारी साधन प्रयोग गरी कैलाश–मानसरोवर पुग्ने गरेका छन्। भारतीय तीर्थयात्रीले मानसरोवरलाई वर्षौंदेखि आस्थाको केन्द्र मान्दै आएका छन्। भारतको उत्तरप्रदेशस्थित बदायु जिल्लाका ६० वर्षीय किशोर राठीले आफ्ना भाइ भुवनेश्वरसहित १४ जनाको समूह कैलाश दर्शनका लागि जान लागेको बताउनुभयो। 

जानकारी तथा लेखहरु