फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अव नेपालले भारतबाट सिमेन्ट किन्नु नपर्ने

(GMT+08:00) 2017-06-16 15:08:29

नेपालको आवश्यकता पुरा गर्न सक्ने उत्पादन क्षमता हुँदाहुँदै पनि विदेशबाट सिमेन्ट आयात गर्नुपर्ने वाध्यात्मक अवस्था अब हट्ने भएको छ। ठूला आयोजना निर्माणको लागि ४३ र ५३ ग्रेडको सिमेन्ट आवश्यक पर्ने सरकारी व्यवस्था छ तर नेपाली उद्योगीहरुले त्यस्तो ग्रेड राखेर उत्पादन गर्ने मापदण्ड नभएकोले सिमेन्ट आयात गर्नुपर्ने बाध्यता रहेको थियो।

गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर मापदण्डमा संसोधन गर्दै ४३ र ५३ ग्रेडमा सिमेन्टको गुणस्तर कायम गर्ने व्यवस्था थालेसँगै सो ग्रेडको सिमेन्ट आयात गर्नैपर्ने बाध्यता हट्ने भएको हो। लामो समयदेखि नेपाली उद्योगीहरुले सोही व्यवस्थाको लागि सरकारलाई दबाब दिँदै आएको भए पनि अहिले आएर ४३ र ५३ ग्रेडको व्यवस्था हुन लागेको हो। पुरानो व्यवस्थामा संसोधनको लागि ड्राफ्ट तयार भएर पनि केही समय सरोकारवालासँग छलफल गरिएकाले ढिलाई भएको सेतोपाटी अनलाइनले जनाएको छ।

असारभित्र उक्त ड्राफ्ट नेपाल गुणस्तर परिषद्बाट पारित हुने र साउनदेखि लागू गर्ने तयारीमा रहेको नापतौल तथा गुणस्तर विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिनुभयो। केही समय पहिले विभागले तयार पारेको ड्राफ्टमा व्यवसायीहरुले आपत्ति जनाएपछि बीचमा रोकिएको थियो। फरक ग्रेडका सिमेन्टको नियमन गर्न एउटै कानुन बनाउने कि नबनाउने भन्ने विषयमा सरकार र व्यवसायीबीच विवाद थियो। त्यस्तै निश्चित प्रतिशतको 'पर्फमेन्स इन्ह्यान्सर' राखेर मात्र नयाँ ग्रेडको मापदण्ड स्वीकृत गर्नुपर्ने पक्षमा सरकार देखिएको थियो। 

जानकारी तथा लेखहरु