फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मोबाइल सेवाको गुणस्तरबारेको गुनासो मोबाइल एपबाटै गर्न सकिने

(GMT+08:00) 2017-06-17 15:03:48

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तरबारेको गुनासो मोबाइल एपमार्फत गर्न सकिने सुविधा ल्याएको छ । अब मोबाइल सेवा सम्बन्धी गुनासो एनटीए क्युओएस सर्भे मोबाइल एपमार्फत लिन सुरु गरिएको प्राधिकरणले जनाएको छ ।

सो एपमार्फत उपभोक्ताले मोबाइल सेवाको गुणस्तर तथा सेवा सम्बन्धी कुनै गुनासो राख्नसक्ने प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिनुभयो।

'ग्राहकले टिपाएका गुनासो सम्बोधनका लागि सम्वन्धित टेलिकम अपरेटरलाई हामी निर्देशित गर्नेछौं' प्रवक्ता अर्यालले बताउनुभयो।

एपलाई हाल गुगलको प्ले स्टोरवाट डाउनलोड गर्न सकिन्छ। साथै निकट भविष्यमा नै एप्पलको एपस्टोरमा पनि राखिने जानकारी प्राधिकारणले दिएको अनलाइन खबरले जनाएको छ।

जानकारी तथा लेखहरु