फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको उड्डयन क्षेत्रको सुरक्षा अवस्था बुझ्न आइकाओ टोली नेपाल पुग्ने

(GMT+08:00) 2017-06-18 14:40:52
नेपालको उड्डयन क्षेत्रको सुरक्षा सुधारबारे गहन अध्ययन र मूल्यांकन गर्न अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को एक टोली असार २० मा नेपाल आउने निश्चित भएको छ। संसारभरका नागरिक उड्डयन प्राधिकरणको छाता संगठन आइकाओमा १ सय ९१ देश सदस्य छन्। यसले ती देशका नागरिक उड्डयन क्षेत्रको सुरक्षा र सुधारबारे संपरीक्षण (अडिट) गर्दै आएको छ। आइकाओका दुई उच्च अधिकारी सम्मिलित टोली नेपाल आउन लागेको हो।

असार २० मा आएर आठ दिन बस्ने टोलीले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट पछिल्लो पटक गरिएका हवाई सुरक्षा सुधारबारे मिहिन अध्ययन र मूल्यांकन गर्नेछ। आइकाओका क्याप्टेन (पाइलट) भोउड्री युजेनी र एरोनटिकल इन्जिनियर एडमन्ड बोहल्यान्ड नेपाल आउन लागेका हुन्। उनीहरू आइकाओका 'सेफ्टी ओभरसाइट' शाखाका उच्च अधिकारी हुन्। यसअघि आइकाओ टोली जेठ २३ मा आएर २८ सम्म काम गर्ने मिति तय भए पनि प्राविधिक कारण रोकिएको थियो।

प्राधिकरणले उड्डयन क्षेत्रमा भएका सुधार र प्रभावकारी नतिजाबारे आइकाओको वेबसाइटमा अद्यावधिक गर्दै आएको उनले बताए। त्यही नतिजा हेरेपछि आइकाओले नेपालमा टोली पठाउने निर्णय गरेको हो। वेबसाइटमा हेरेको प्रगति स्थलगत अध्ययनमा पनि भेटेपछि त्यसबाट उल्लेख्य उपलब्धी हासिल हुने छ। पछिल्ला केही वर्षदेखि आइकाओले नेपाललाई 'सिग्निफिकान्ट सेफ्टी कन्सर्न' (एसएससी) मा राखेको छ।

जानकारी तथा लेखहरु