फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मध्यस्थता तथा वार्तालाई व्यवहारमा उतार्नु सिरिया समस्याको चिनियाँ समाधान

(GMT+08:00) 2017-06-18 15:43:21

चीनले सिरिया समस्या सम्बद्ध विभिन्न पक्षसँग सम्पर्क कायम राख्दै मध्यस्थता तथा वार्तालाई व्यवहारमा उतार्ने तरीका मार्फत् सिरिया समस्यालाई राजनैतिक समाधान दिशातिर अघि बढाउँदै जानुपर्ने बताएको छ। सिरियाको भ्रमणमा रहनुभएका चीन सरकारको सिरिया मामिला विशेष दूत स्ये स्याउयानले १७ तारिख आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा भन्नुभएको हो।

विशेष दूत स्येले वार्ताको प्रतिफललाई व्यवहारमा उतार्न चीनले कोशिश गर्दै जाने छ र सिरियामा जातिय मेलमिलाप भएर सरकार गठन गर्ने आशा चीनले लिएको जानकारी दिनुभएको छ। साथै चीनले आफ्नो क्षमतामा मानविय सहायता प्रदान गर्दै जाने जनाइएको छ। हालसम्म चीनले सिरिया तथा सोही क्षेत्रका मुलुकहरुलाई ६८ करोड चिनियाँ युआन बराबर मानवीय सहायता प्रदान गरिसकेको छ।

सम्बद्ध पक्षहरुले सम्पन्न भएको संघर्ष कम पार्ने क्षेत्र स्थापना सम्बन्धि मतैक्यताको भूमिकालाई निर्वाह गर्न प्रयास गर्ने आशा पनि चिनियाँ विशेष दूत स्येले गर्नुभएको छ।

१७ तारिख विशेष दूत स्येले सिरियाका राष्ट्रपतिको राजनैतिक तथा प्रेस सल्लाहकार, उप विदेश मन्त्री, योजना तथा अन्तर्राष्ट्रिय सहयोग व्यूरोका प्रमुखसँग भेट गर्नुभई साझा अभिरुचीका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विषयबारे गहन रुपमा बैचारिक आदानप्रदान गर्नुभएको छ।

जानकारी तथा लेखहरु