फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पूर्व जर्मनी चान्सलरको निधनप्रति चिनियाँ राष्ट्राध्यक्ष सीद्वारा शोक व्यक्त

(GMT+08:00) 2017-06-18 15:48:38
चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सत्र तारिख जर्मनीका पूर्व चान्सलर हेल्मुट कोह्लको निधन भएकोमा जर्मनी राष्ट्रपति फ्रान्क वाल्टर स्टेनमैयर तथा चान्सलर अंगेला मर्केललाई बेग्ला बेग्लै शोक सन्देश पठाउनुभएको छ। चीन सरकार तथा चिनियाँ जनताको तर्फबाट एवम् व्यक्तिगत रुपमा राष्ट्राध्यक्ष सीले हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ।

शोक सन्देशमा वरिष्ठ राजनीतिज्ञ कोह्लले जर्मनी एकीकरणका साथै यूरोपको एकरुपता निर्माणमा महत्वपूर्ण योगदान गर्नुभएकोले सँधै नै सर्वसाधारणको सम्झनामा रहिरहनुहुने कुरा पनि राष्ट्राध्यक्ष सीले औंल्याउनुभएको छ।

चीन सरकार तथा जनताले जर्मनीसँगको मित्रतामा महत्व दिँदै आपसी सम्बन्धको अझ उज्ज्वल भविष्य जर्मनीसँगै सिर्जना गर्दै जाने कुरामा राष्ट्राध्यक्ष सीले जोड दिनुभएको छ।

जानकारी तथा लेखहरु