फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कान्सु प्रान्तको काननान तिब्बती स्वायत्त प्रिफेक्चरको सफाइ क्रान्ति

(GMT+08:00) 2017-06-19 18:21:59
चीनको प्रचारप्रसार मन्त्रालयले आयोजना गरेको पत्रकारहरुको टोलीले हिजो आइतबार साँझ कान्सु प्रान्तको काननान तिब्बती स्वायत्त प्रिफेक्चरको चिनियाँ कम्युनिष्ट पार्टीका प्रमुख यु छङ खुईसँग भेट गरेको छ। भेटका अवसरमा युले काननान तिब्बती स्वायत्त प्रिफेक्चरको परिचय दिनुभयो।

काननान तिब्बती स्वायत्त प्रिफेक्चरले विशेषगरी सरसफाइमा महत्वपूर्ण उपलब्धि हासिल गरेको प्रमुख युले बताउनुभयो। प्रिफेक्चरभरका सबै घरहरु र टोलहरु अत्यन्त सुन्दर सफा भएकाले यो क्षेत्र हिजोआज पर्यटकका लागि पनि निकै लोकप्रिय बनेको छ।

तिब्बती जातीय परम्परागत रीतिरिवाजका कारण पहिले यो क्षेत्र त्यति सफा थिएन। सन् 2015 देखि प्रिफेक्चर स्थानीय सरकारले सफाइ गरेर वातावरण संरक्षणमा क्रान्ति ल्याएको उहाँले बताउनुभयो। प्रमुख युका अनुसार सफाइलाई उत्कृष्ट बनाउने नीति लिएपछि पर्यटन उद्योगको आम्दानी विगत दुई वर्षमा दुई गुणाले बढेको छ। तिब्बती जातिका बसोबास क्षेत्रमा घरभित्र र बाहिर उत्तिकै सफा बनाउने रणनीति लिएपछि अहिले काननान तिब्बती स्वायत्त प्रिफेक्चर सफा र चिटिक्क परेको छ।

चीनका दसवटा तिब्बत स्वायत्त प्रिफेक्चर मध्ये काननान एउटा हो। यो कान्सु प्रान्तको दक्षिणी भेगमा रहेको छ। यहाँ अधिकांश बासिन्दा तिब्बती मूलका रहेका छन्। यो प्रिफेक्चरको क्षेत्रफल 45 हजार किलोमिटर रहेको छ। यहाँको सरदर उचाइ समुद्री सतहभन्दा तीन हजार मिटर रहेको छ। यहाँको कूल जनसंख्या सात लाख तीस हजार रहेको छ। यहाँ 54.2 प्रतिशत तिब्बती जाति बसोबास गर्छन्। अन्य जातिमा हान, हुई, थु, मंगोलियन लगायत 24 जातिका मानिसहरु बसोबास गर्छन्।

जानकारी तथा लेखहरु