फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सी तथा ब्रिक्स मुलुकका विदेश मन्त्री बीच भेट-वार्ता

(GMT+08:00) 2017-06-19 19:26:56

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले आज उन्नाईस तारिख पैचिङ्गमा ब्रिक्स मुलुकका विदेश मन्त्रीको भेटघाटमा सहभागी हुनुभएका रुसी विदेश मन्त्री सर्गेई लाभरोभ, दक्षिण अन्तर्राष्ट्रिय सम्बन्ध र सहयोग मन्त्री माइटी मासाबाने, ब्राजिलका विदेश मन्त्री अलोइसिओ नुनेस र भारतीय विदेश राज्य मन्त्री विजयकुमार सिंहसँग भेट-वार्ता गर्नुभएको छ।

भेटका अवसरमा राष्ट्राध्यक्ष सीले ब्रिक्स मुलुकका विदेश मन्त्री बीचको भेट-वार्ता सफलताका साथ सम्पन्न भएकोमा बधाई व्यक्त गर्नुका साथै ब्रिक्स मुलुकका अध्यक्ष मुलुकको रूपमा रहेको चीनलाई समर्थन गरेकोमा विभिन्न ब्रिक्स मुलुकलाई कृतज्ञता प्रकट गर्नुभएको छ।

जानकारी तथा लेखहरु