फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कान्सु प्रान्तको काननान तिब्बती स्वायत्त प्रिफेक्चरमा गरिबी निवारणको नमूना

(GMT+08:00) 2017-06-20 15:24:26

कान्सु प्रान्तको काननान तिब्बती स्वायत्त प्रिफेक्चरको होच सहर नजिकै गरिबी निवारण नमूनाको रुपमा केही गाउँहरु रहेका छन्। काननानको होच शहर नजिकै लाचा गाउँ रहेको छ। तिब्बती भाषामा लाचाको अर्थ पवित्र पहाडको काखमा रहेको गाउँ भन्ने हुन्छ। यस गाउँमा 28 घरका 157 जना बसोबास गर्छन्। गरिबी निवारण भएपछि बनेको गाउँका घरहरु सफा र चिटिक्क परेका छन्। यो गाउँ अहिले पर्यटकीय स्थल बनेको छ।

पहिले यहाँका मानिसहरु निकै गरिब थिए। सरसफाइमा पनि उति ध्यान दिँदैन थिए। अहिले यहाँका मानिसकै मुख्य पेशा कृषि र पशुपालनमा रहेको छ। हिउँदको जाडोमा यहाँका मानिसहरु अन्यन्त्र गएर पैसा कमाउने काम गर्छन्।

1  2  3  
जानकारी तथा लेखहरु