फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उत्पादनमूलक क्षेत्रमा कर्जा नबढे आर्थिक वृद्धि जोखिममा

(GMT+08:00) 2017-06-20 15:42:04

उद्योगी व्यवसायीहरूले चालू आर्थिक वर्षमा हासिल भएको ७ प्रतिशत आर्थिक वृद्धिदरलाई आगामी वर्ष पनि कायम राख्न उत्पादनमूलक क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरूले लगानी बढाउनुपर्ने सुझाव दिएका छन्। पछिल्लो समयमा बढ्दो ब्याजदरका कारण लगानी बढ्नेमा आफूहरू ढुक्क नभएको भन्दै उनीहरूले मौद्रिक नीतिमार्फत यसका लागि सहजीकरण गर्नुपर्ने बताएको कारोबार दैनिकले लेखेको छ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिका लागि सुझाव माग्दै सोमबार आयोजना गरेको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गेल्छाले चालू आर्थिक वर्षको आर्थिक वृद्धि उत्साहजनक भए पनि यसलाई दिगो बनाइराख्नु चुनौतीपूर्ण रहेको बताए।

हाल ब्याजदर झन्डै दोब्बरले बढेको हुनाले लगानी बढ्छ भन्नेमा आफूहरू निश्चिन्त हुन नसकेको उल्लेख गर्दै गोल्छाले उत्पादनमूलक क्षेत्रमा लगानी बढेको खण्डमा बजेटले तोकेको ७ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धि सम्भव छ तर ब्याजदर बढ्ने क्रम नरोकिएकाले यही वृद्धिदर रहिरहनेमा चिन्तित भएको बताए। बढ्दो व्याजदरले व्यवसायको लागत बढाएको भन्दै उनले सहवित्तीयकरण नीति कार्यन्वयन नगर्नसमेत आग्रह गरे।

सरकारले तोकेको ७ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिका लागि अस्थिर रहने सरकारी पैसालाई वित्तीय प्रणालीमा ल्याउने बाटो खोज्नुपर्ने पूर्वबैंकर अनलराज भट्टराइले बताए।

पुँजीकोष अनुपातको व्यवस्था भएकाले पुँजी, कर्जा तथा निक्षेप(सीसीडी) अनुपातको व्यवस्था खारेज गर्न समेत उनले माग गरे।

1  2  
जानकारी तथा लेखहरु