फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एसियाली पूर्वाधार बैंकको सबा खर्ब लगानी प्रतिबद्धता

(GMT+08:00) 2017-06-20 15:43:42

चीनको पहलमा खुलेको एसियाली पूर्वाधार लगानी बैंकले नेपालका विभिन्न परियोजनामा करिब सबा खर्ब लगानी गर्ने भएको छ। दक्षिण कोरियामा आयोजित बैंकको बोर्ड अफ गभर्नर्स बैठकमा ठूलो लगानी प्रतिबद्धता जनाएको हो। बैठकमा सहभागी अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालमा उल्लेख्य लगानी गर्न पूर्वाधार बैंक तयार देखिएको जानकारी गराउनुभएको हो।

अर्थमन्त्री कार्की नेतृत्वको नेपाली टोलीसँगको भेटमा बैंकले ६ वटा परियोजनामा लगानी गर्ने प्रतिबद्धता जनाएको अन्नपूर्णपोस्टले लेखेको छ। सोमबार स्वदेश फर्किने क्रममा मन्त्री कार्कीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै नेपालमा ठूलो लगानीका लागि एसियाली पूर्वाधार लगानी बैंक इच्छुक देखिएको बताउनुभएको हो। यसै वर्षभित्र तराईका सात जिल्लाको बस्ती विकास तथा व्यवस्थित सहरीकरणमा २८ अर्ब उपलब्ध गराउने सहमती भएको उहाँले बताउनुभयो। तराई मधेसको बस्ती विकास तथा व्यवस्थित सहरीकरण परियोजना २२ जिल्लामा लागू गरिएको छ।

1  2  
जानकारी तथा लेखहरु