फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङमा ब्रिक्स मुलुकका विदेशमन्त्रीबीच भेटघाट

(GMT+08:00) 2017-06-20 16:50:05
सिन्व्हा समाचार समितिका अनुसार ब्रिक्स मुलुकहरुको विदेशमन्त्री भेटघाट उन्नाईस तारिखका दिन पैचिङको त्यायुथाई राष्ट्रिय अतिथिगृहमा भएको छ।

चीनका परराष्ट्रमन्त्री वाङ यीले उक्त भेटघाट समारोहको अध्यक्षता गर्नुभएको छ। रुसका विदेशमन्त्री सर्गेइ लाभरोभ, ब्राजिलका विदेशमन्त्री एलोइसियो नुन्स, दक्षिण अफ्रिका अन्तर्राष्ट्रिय सम्बन्ध र सहयोग विभागको प्रमुख श्री मासबाना र भारतका विदेशराज्यमन्त्री विजयकुमार सिँह उक्त भेटघाट समारोहमा सहभागी भएका छन्।

वाङ यीले चालु वर्ष ब्रिक्स मुलुकहरुको दोस्रो दशकको शुरुवात हो भन्दै चीनले ब्रिक्स मुलुकहरुको वर्तमान अध्यक्ष मुलुकको अवधिमा अरु चार मुलुकहरु सँगसँगै मिलेर ब्रिक्स मुलुकको दोस्रो गोल्डन दशक निर्माण हुने आशा व्यक्त गर्नुभएको छ।

रुसका विदेशमन्त्री सर्गेइ लाभरोभ, ब्राजिलका विदेशमन्त्री एलोइसियो नुन्स, दक्षिण अफ्रिका अन्तर्राष्ट्रिय सम्बन्ध र सहयोग विभागको प्रमुख श्री मासबाना र भारतका विदेशराज्यमन्त्री विजयकुमार सिँहले पनि चीनसँग मिलेर ब्रिक्स मुलुकहरुबीचको सहयोगलाई सबल पार्ने इच्छा व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु