फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ सुपर कम्प्युटर लगातार तीन पटक पहिलो स्थानमा

(GMT+08:00) 2017-06-20 16:51:52

विश्वका सबैभन्दा श्रेष्ठ पाँच सय सुपर कम्प्युटरको नयाँ नामावली यही उन्नाईस तारिख सार्वजनिक गरिएको छ। शन वै थाइ हुको किरण र थेन ह दुई नामका चिनियाँ सुपर कम्प्युटरले लगातार तीन पटक त्यस नामावलीका अघिल्ला दुई स्थान ओगटेका छन्। स्विजर्ल्याण्ड र अमेरिकाका सुपर कम्प्युटर क्रमशः तेस्रो र चौथो स्थानमा रहेका छन्।

विशेषज्ञका अनुसार, सुपर कम्प्युटर भनेको सामान्य व्यक्तिगत कम्प्युटरले गर्न तथा मिलाउन नसक्ने काम गर्ने र उच्च गतिद्वारा गन्नसकिने विशेष कम्प्युटर हो। सन् 1993देखि विश्वका सबैभन्दा श्रेष्ठ पाँच सय सुपर कम्प्युटरको नामावली वर्षमा दुर्इ पटक सार्वजनिक गर्ने गरिएको छ।

जानकारी तथा लेखहरु