फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सडकले जोडिँदै टिप्तला नाका

(GMT+08:00) 2017-06-21 16:06:15

तिब्बतसँग सिमाना जोडिएको ताप्लेजुङको टिप्तला नाका यसै महिनादेखि सडक सञ्जालमा जोडिने भएको छ। तिब्बतीको रिउबजारसँग निर्भर ओलाङचुङवासीको अढाई करोड र सरकारको ५० लाख रुपैयाँ ट्र्याक खन्न चिनियाँ कम्पनीलाई जिम्मा दिएसँगै यसै महिना नाकालाई सडकले जोडिने भएको हो।

स्थानीय र सोही ठाउँका गैरआवासीय नेपालीले संकलन गरेको दुई करोड ५० लाख, सांसद विकास कोषको १० लाख, ओलाङचुङगोला गाविसको ४० लाख सडक निर्माणमा लगानी गरिएको छ। अन्तर्राष्ट्रिय सीमानाका भएकाले सरकारले चीनसँग कूटनीतिक सहमति गरी चिनियाँ कम्पनीलाई खन्न जिम्मा दिएपछि यसै महिना ओलाङचुङगोलाको टिप्तलासम्म सडकले जोडिने भएको अन्नपूर्णपोस्टले लेखेको छ।

टिप्तलादेखि १९ किलोमिटर दूरीमध्ये मउमासम्म ११ किलोमिटर खनिएको र बाँकी असार अन्तिमसम्म सम्पन्न गर्ने योजना छ। ल्हासास्थित नेपाली महावाणिज्यदूतको पहलमा चिनियाँ कम्पनीलाई प्रति किलोमिटर १६ लाख रुपैयाँमा ट्र्याक खन्ने गरी जिम्मा दिएको उत्तर दक्षिण (दोभानओला) सडक योजनाका प्रमुख कुबेर नेपालीले जानकारी दिनुभयो।

तिब्बतमाथि निर्भर भएकाले ओलाङचुङ गोलावासीले सडक निर्माणमा सक्रियता देखाएपछि सडक निर्माण सम्भव भएको उहाँको भनाइ छ। राष्ट्रिय योजना आयोगले काम अघि नबढाएकाले स्थानीयको पहलमा सडक खनिएको यो नै पहिलो हो। सडकलाई जिविस ताप्लेजुङ, उत्तर-दक्षिण ओलाङचुङगोला लोकमार्गले हेर्दे आएको छ। फक्तालुङ गाउँपालिका-७ मा पर्ने यस टिप्तला नाकादेखि तिब्बतको रिउबजार पुग्न २१ किलोमिटर मात्र टाढा छ। चीनले ३ वर्षअघि तिप्तला नाकासम्म सडक जोडिसकेको छ। ताप्लेजुङको सुकेटार विमानस्थलदेखि उत्तरओला नाकाको दूरी ९५ किलोमिटर छ। ताप्लेजुङमाथि फक्तालुङ गाउँपालिका-५ तापेथोकसम्म सडक निर्माण भइसकेको छ।

यो अन्य नाकाभन्दा छोटो दूरी भएको जनाइएको छ। सडक निर्माणसँगै सबैभन्दा उच्च क्षेत्रको मानव बस्ती ओलाङचुङगोला तिब्बतसँग सामग्री आयत-निर्यातमा सहज हुने भएको छ। तिब्बततर्फको रिउ बजार नै नजिकको बजार हो।

जानकारी तथा लेखहरु