फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल–चीन हवाई मार्गमा थपियो तिब्बत एयरलाइन्स

(GMT+08:00) 2017-06-21 16:08:14

नेपाल–चीन हवाई मार्गमा उडान थपिने भएका छन्। हिमालय एयरलाइन्सको समेत लगानीकर्ता रहेको तिब्बत एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अनुमति पाएसँगै काठमाडौंबाट चीनका विभिन्न सहरमा उडान गर्ने एयरलाइन्सको संख्या पाँच पुगेको छ।

यसअघि एयर चाइना, चाइना इस्टर्न, चाइना साउदर्न र सछ्वान एयरलाइन्सले चीनका विभिन्न सहरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्दै आइरहेका थिए। तिब्बत एयरलाइन्सले छन्दु–काठमाडौं, काठमाडौं–छन्दु उडान अनुमति पाएसँगै उडान थप हुने भएको हो।

तिब्बतले जेठ २९ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अनुमति पाएको थियो। तिब्बतले हप्ताको चारवटा उडान गर्ने जनाइएको छ।

निजी क्षेत्रको हिमालय एयरलाइन्समा ४९ प्रतिशत स्वामित्व भएको तिब्बत एयरलाइन्सले ए ३१९ सिरिजको विमानबाट उडान गर्ने छ। तिब्बतको विमान ल्याएर हिमालयले पनि काठमाडौंबाट बेइजिङ लगायतका सहरमा सिधा उडान गर्ने योजना बनाएको छ।

चीनका ३८ सहरबाट काठमाडौंमा सिधा उडान गर्न मिल्नेगरी नेपालले हवाई सम्झौता गरेको भएपनि हालसम्म ६ वटामा मात्र उडान भइरहेको छ। नागरिक उड्डयन प्राधिकरणका अनुसार तिब्बतले अनुमति पाएसँगै चीनका विभिन्न एयरपोर्टबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई सेवा दिने वा उडान तथा अवतरण गर्ने एयरलाइन्सको संख्या पाँच पुगेको छ। हप्तामा पाँच एयरलाइन्सले ५५ उडान गर्ने छन्। यसअघि चारवटा एयरलाइन्सले हप्तामा ५१ वटा उडान गर्दै आएका थिए।

जानकारी तथा लेखहरु