फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङमा अध्ययनरत पत्रकारिताका विदेशी विद्यार्थीहरूद्वारा सिआरआईको भ्रमण

(GMT+08:00) 2017-06-21 16:19:49

 

पैचिङस्थित कम्युनिकेसन युनिभर्सिटी अफ चाइनामा विद्यावारिधी अध्ययनरत करीब १५ जना पत्रकारिताका विदेशी विद्यार्थीहरूले बुधबार चिनियाँ अन्तर्राष्ट्रिय रेडियो सिआरआईको भ्रमण गरेका छन्। केन्या, तान्जानिया, पाकिस्तान, दक्षिण अफ्रिका, नेपाल लगायत विभिन्न देशबाट विद्यार्थीहरू भ्रमण टोलीमा सहभागी थिए।

सिआरआईले गरेको अन्तर्क्रिया कार्यक्रममा चिनियाँ अन्तर्राष्ट्रिय रेडियोका उपनिर्देशक हु पाङ शङले दोश्रो विश्वयुद्धको समय पार गरेदेखि आजसम्म आइपुग्दा रेडियोमार्फत् चीनले अन्य देशसँग गरेका संचार सहकार्य तथा भविष्यका संभावनाबारे जानकारी दिनुभयो। रेडियोले अन्य विकासोन्मुख मुलुकसँग आदान प्रदानको राम्रो वातावरण बनाएको बताउँदै उपनिर्देशक हुले हाल न्यू मिडियामार्फत् पनि चिनियाँ जानकारीहरू संप्रेषण गरिएको बताउनुभयो।

अन्तर्क्रियामा उपस्थित पत्रकारिताका विद्यार्थीहरूले चीनको रेडियो प्रसारण शैली, सामग्री छनोट, रेडियोमा समावेश विषयवस्तुहरू, रेडियो समाचारमा हुने सेन्सरसीप लगायतका विषयमा जिज्ञासा राखेका थिए।

1  2  
जानकारी तथा लेखहरु