फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बती जातीय ग्रामीण क्षेत्रमा रहेको बालदरबार

(GMT+08:00) 2017-06-21 16:30:54

काननान तिब्बती जातीय स्वशासित राज्य मातहतको ह चो शहरमा अवस्थित चौथो प्राथमिक विद्यालय तिब्बती भाषाद्वारा पढाइने प्राथमिक विद्यालय हो। विद्यालयमा अध्ययनरत् एक हजारभन्दा बढी विद्यार्थीहरू सबै तिब्बती जातिका हुन्। सफा र रमणीय विद्यालयमा पस्ने बित्तिकै तिब्बती बालबालिकाहरूको रमाइलो र खुसीयाली भावना अनुभव गर्नसकिन्छ।

यसै ह चो शहरको चौथो प्राथमिक विद्यालयमा एउटा बाल दरबार निर्माण गरिएको छ। बितेका केही वर्षयता सो दरबार द्रुत गतिले विकसित हुँदैआएको देखिन्छ। कान सु प्रान्तको सभ्यता कार्यालयले सन् 2012मा यसको निर्माण गरेको थियो।

यस बालदरबारमा दिउँसोको चार/पाँच बजेतिर विद्यार्थीहरूका लागि खेल्ने र अध्ययन गर्ने समय मिल्छ। विद्यार्थीहरू रङ्गीचङ्गी जातीय पोशाक लगाएर सङगीतका साथ तिब्बती परम्परागत को च्वाङ नाच नाच्न थाल्छन्। यसबाहेक, भवनमा रहेका विभिन्न कक्षामा विद्यार्थीहरू चित्र कोर्ने, चिनियाँ लिपी लेख्ने, नाच्ने र गाउने रमाइलो आवाज पनि स्पष्टसँग सुन्नपाइन्छ।

जानकारी तथा लेखहरु