फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

म्याग्दीका महिलाले गरे'समान ज्याला गाउँ'घोषणा

(GMT+08:00) 2017-06-22 16:10:26

महिला र पुरुषबीच हुने सम्पूर्ण किसिमका सामाजिक विभेद अन्त्य गर्ने उद्देश्यका साथ म्याग्दीको एक दुर्गम गाउँका महिलाले आफ्नो गाउँलाई समान ज्याला गाउँ'घोषणा गरेका छन्।

सार्वजनिक काममा महिलालाई फिर्ता गराउने, पारिश्रमिक दिँदा विभेद गर्नेजस्ता क्रियाकलापले समाजमा जरो गाड्न थालेपछि म्याग्दीको मङ्गला गाउँपालिका–२ कुहूँ गाउँका महिलाले आफ्नो गाउँलाई समान ज्याला गाउँ घोषणा गरेका हुन्।

समान काम गरेर साँझ घर फर्कंदा पुरुषले ५०० र आफूले ३०० ज्याला पाउँदा महिला दुःखी थिए। तर समान ज्याला गाउँ घोषणापछि पुरुष र महिला दुवैले बराबरी ज्याला बुझ्दा उनीहरु हर्षित भएको राष्ट्रिय समाचार समितिले लेखेको छ।

केही दिनअघि स्थानीयवासी तीर्थकुमारी विकको नेतृत्वमा महिलाले एक समिति गठन गरेर गाउँलाई समान ज्याला गाउँ घोषणा गरी पुरुष र महिलाले गरेको श्रमको मूल्य पनि बराबर नै हुनुपर्ने र अबदेखि श्रमको पारिश्रमिक दिँदा विभेद नगर्ने निर्णय भएको स्थानीय शिक्षक हरिकृष्ण शर्माले जानकारी दिए।

शर्माका अनुसार महिला र पुरुष दुवैको एक दिनको पारिश्रमिक ५०० तोकिएको छ। यो ज्याला कृषि क्षेत्रमा गर्ने कामका लागि मात्र भएको बताइएको छ।

जानकारी तथा लेखहरु