फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ प्रतिनिधिद्वारा अफगानिस्तानमा शान्ति तथा सुरक्षा स्थापनाका लागि आव्हान

(GMT+08:00) 2017-06-22 18:16:10

सिन्व्हा समाचार समितका अनुसार सँयुक्त राष्ट्रसँघस्थित चिनियाँ प्रतिनिधि ल्यु चेले अफगानिस्तान समक्ष राजनैतिक,आर्थिक र सुरक्षा आदि क्षेत्रमा गम्भिर चुनौती देखा परेको भन्दै अफगानिस्तानमा शान्ति तथा सुरक्षा स्थापनाका लागि आव्हान गर्नुभएको छ।

श्री ल्यु चेले एक्काईस तारिखका दिन सँयुक्त राष्ट‍रसँघको सुरक्षा परिषदमा उक्त कुरा बताउनुभएको हो।

उहाँले अन्तर्राष्ट्रिय समाजलार्इ अफगानिस्तानको राष्ट्रिय सुरक्षा तथा सेनाको निर्माणमा समर्थन गर्न र अफगानिस्तानलार्इ आफ्नो सुरक्षा शक्ति प्रबर्द्धन गर्न सहयोग गर्न आव्हान गर्नुभएको छ।

जानकारी तथा लेखहरु