फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कान्सु प्रान्तको काननान स्वायत्त तिब्बती प्रिफेक्चरको छिरना गाउँमा लाल पर्यटन

(GMT+08:00) 2017-06-23 14:13:51

गरिबी निवारणमा चीनले हरित पर्यटनसँगसँगै लाल पर्यटनलाई पनि प्रवर्द्धन गर्दै आएको छ। चीनमा सन् 1949 अगाडि चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा गरिएको जनयुद्धसँग सम्बन्धित ऐतिहासिक विषयलाई संरक्षण गरी पर्यटन प्रवर्द्धन गरिएको विषय नै लाल पर्यटन हो।

चिनियाँ राज्य परिषद अन्तर्गत सूचना कार्यालयको संयोजनमा विभिन्न चिनियाँ संचारमाध्यमका पत्रकारहरुले कान्सु प्रान्तको काननान तिब्बती स्वायत्त प्रिफेक्चरको वाङचाङ काउन्टीको छिरना गाउँमा रहेको लाल पर्यटन क्षेत्रको प्रत्यक्ष अवलोकन गरेका छन्। सो क्षेत्रमा चेयरम्यान माओत्सेतुङले लङ मार्चका क्रममा सन् 1935 को सेप्टेम्बर 13 तारिखमा सिचुवान प्रान्तबाट पल्लो शान्षी प्रान्त जाँदा तीन दिन सेल्टर लिनु भएको थियो। त्यसक्रममा चेयरम्यान माओ बस्नु भएको घर, उहाँ सुत्नु भएको कोठा, ओछ्यान, उहाँले काम गर्नु भएको कोठा र उहाँले प्रयोग गर्नु भएको सामाग्रीहरुको पत्रकारहरुले हिजो बिहीबार अवलोकन गरेका छन्।

छिरना गाउँमा 71 घरका 230 जना मानिसहरु बसोबास गर्छन्। अधिकांश तिब्बतती जातिका मानिसहरु बसोबास रहेको सो गाउँमा चेयरम्यान माओत्सेतुङसँगै आउनु भएका नेता चौएनलाई बिरामी पर्नु भएपछि तिब्बती औषधि प्रयोग गर्नु भएको स्थानीय व्यक्तिले पत्रकारहरुलाई जानकारी दिए।

काननान तिब्बती स्वायत्त प्रिफेक्चरले गरिबी निबारणका कार्यक्रमसँगै छिरना गाउँलाई लाल पर्यटनका क्षेत्रमा पनि अगाडि बढाएको छ। अन्य घरहरुलाई आधुनिक रुपमा विकास गरे पनि चेयरम्यान माओले सेल्टर लिनु भएको घरलाई भने पुरानो जस्ताको तस्तै रुपमा संरक्षण गरिएको छ।

जानकारी तथा लेखहरु