फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाण्डुमा चिनियाँ अमूर्त साँस्कृतिक सम्पदा प्रदर्शनी

(GMT+08:00) 2017-06-23 16:06:49

नेपालको राजधानी काठमाण्डुमा चिनियाँ साँस्कृतिक केन्द्र, नेपालले आयोजना गरेको 'थ्येनचिन इन्टेन्जिबल कल्चरल हेरिटेज एक्जिबिसन' बिहीबारबाट शुरू भएको छ। एकहप्ते लामो मेलाको उद्घाटन काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र नेपालका लागि चिनियाँ राजदूत यु होङले गरेका थिए।

प्रदर्शनीमा १० चिनियाँ शिल्पकार सहभागी छन्। काठका मूर्ति, चिनियाँ माटोका आकृति, अन्डाको बोक्राबाट निर्मित सो–पिस, कागजका पुतली, धागोको मालाजस्ता हस्तकला सामग्री प्रदर्शनीमा राखिएका छन्। साथै कालिगडहरू अवलोकनकर्तालाई समेत ती सामान बनाउन सिकाइरहेका देखिन्थे। पहिलो दिन विभिन्न शैक्षिक संस्थाका विद्यार्थी, कूटनीतिक व्यक्तित्वलगायतले मेला अवलोकन गरेका छन्।

मेलाको प्रमुख आकर्षण 'वैफाङ चंगा' रहेको छ यहाँ कार्याशाला नै स्थापना गरेर यो विश्व प्रसिद्ध चंगा बनाउने तौरतरिका सिकाइँदै छ। चंगाको आविष्कार चीनमा भएको थियो भने 'वैफाङ–काइट' अझै पनि औधि लोकप्रिय छ।

समारोहमा मेयर शाक्यले चिनियाँहरूको शिल्प कौशलको तारिफ गर्दै उनीहरूबाट सिक्न सकिने बताउनुभयो। अमूर्त कलाहरू हाम्रा सम्पदा भएको बताउँदै सम्पदा संरक्षणमा सचेत हुनुपर्ने पनि बताउनुभयो। थ्येनचिन र वैफाङबासीले जस्तै हामीले पनि आफ्नो लोक कला बचाइराख्नुपर्ने उहाँको भनाइ थियो।

जानकारी तथा लेखहरु