फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

घाँसको स्रोत केन्द्र स्थापना

(GMT+08:00) 2017-06-23 16:07:36
बेनी नगरपालिका–२ खबरामा घाँसको स्रोत केन्द्र स्थापना भएको छ। जिल्ला पशुसेवा कार्यालयले म्याग्दीमा आवश्यक पर्ने बर्खे, हिउँदे, भुई तथा डाले घाँसको बिरुवा र बीउ आपूर्तिका लागि खबरालाई स्रोत केन्द्र बनाएको हो। खबरामा गठित राधाकृष्ण घाँस उत्पादन कृषक समूहमार्फत घाँसको बीउ र बिरुवा उत्पादन गर्न थालिएको छ।

यस वर्ष १२ हजार किम्बुका बिरुवाका उत्पादन गर्नुका साथै राइखन्यु, नेपीयरलगायत जातका घाँसको नर्सरीसमेत स्थापना भएको कृषक सोवित शर्माले बताए। उनका अनुसार जैघाँस र टियोसेन्टी जातको भुई घाँसको बीउ उत्पादन गरी पशु सेवा कार्यालयमार्फत व्यावसायिक कृषकलाई उपलब्ध गराउने योजना रहेको छ।

हाल तेह्र जना कृषकले कम्तीमा तीन रोपनीका दरले घाँसको बीउ र बिरुवा उत्पादन सुरु गरेको राष्ट्रिय समाचार समितिले लेखेको छ। कृषकलाई स्थलगत तालिम, घाँसको बीउ, सिँचाइका लागि पाइपलगायतका सामग्री सहयोग गरिएको पशु विकास अधिकृत नरबहादुर बानियाँले बताए।

जानकारी तथा लेखहरु