फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी राष्ट्रपति डोनाल्द् ट्रम्पद्वारा चीनको राष्ट्रिय मामिला सदस्य याङ चे छीसँग भेट

(GMT+08:00) 2017-06-23 16:26:13

जुन २२ तारिखका दिन अमेरिकी राष्ट्रपति डोनाल्द् ट्रम्पले व्हाइट हाउसमा पहिलो चरणको चीन-अमेरिका कुटनीतिक सुरक्षा वार्तामा सहभागि हुनका लागि वाशिङटन पुगेका चीनको राष्ट्रिय मामिला सदस्य याङ चे छीसँग भेटघाट गर्नुभएको छ।

याङ चे छीले उक्त भेटमा चिनियाँ राष्ट्राध्यक्ष सी चीन फिङको तर्फबाट अमेरिकी राष्ट्रपतिलार्इ शुभकामना व्यक्त गर्दै साझा अभिरुचिका विषयहरुबारे वैचारिक आदान प्रदान गर्नुभएको छ।

भेटको क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले चीन र अमेरिकाबीच प्राप्त मतैक्यको प्रशँसा गर्दै भविष्यमा चीनसँग विभिन्न क्षेत्रको सहयोगलाई अझै सबल पार्ने इच्छा व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु