फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाकिस्तानमा भएको आत्मघाती विस्फोटमा ६ को मृत्यु

(GMT+08:00) 2017-06-23 18:42:39

पाकिस्तानको दक्षिण-पश्चिमी भागको बलुचिस्तानको क्वेटा शहरमा अवस्थित एउटा प्रहरी चौकीमा तेईस तारिख बिहान आत्मघाती कार बम विस्फोट गराइएको छ। बलुचिस्तान प्रान्तीय सरकारका प्रवक्ताले सो आक्रमणमा परी छ जनाको मृत्यु हुनुका साथै अन्य बीसजना घाइते भएको जानकारी दिएका छन्।

सरकारी प्रवक्ताका अनुसार, हाल क्वेटा शहरमा आपत्कालीन अवस्था लागू गरिएको छ।

हालसम्म कुनै पनि संगठनले उक्त आक्रमणको जिम्मेवारी लिएको छैन।

पाकिस्तानी राष्ट्रपति माम्नुन हुसेनले आजै कडा शब्दमा उक्त आक्रमणको निन्दा गर्नुका साथै सक्दो प्रयासमार्फत घाइतेहरूको उद्धार गर्ने आदेश पनि दिनुभएको छ।

जानकारी तथा लेखहरु