फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

असार १४ गते सार्वजनिक बिदा १२ गतेदेखि ४८ घन्टाका लागि सीमानाका पूर्णरुपमा बन्द

(GMT+08:00) 2017-06-24 14:58:30

दोस्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचन हुने प्रदेश नं. १, ५ र ७ मा यही असार १४ गते सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले जारी गरेको सूचनामा ती प्रदेशहरूमा यही असार ११ देखि १४ गतेसम्म चार दिन सबै शैक्षिक संस्थामा बिदा दिने निर्णय गरेको जनाएको छ।

साथै निर्वाचनलाई ध्यानमा राखेर असार १२ गतेदेखि ४८ घन्टाका लागि नेपाल–भारत सीमानाका पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको छ। भारतको पलियामा बिहीबार बसेको नेपाल–भारत सीमा सुरक्षा बैठकले स्थानीय तहको चुनावलाई ध्यानमा राखी ४८ घन्टाका लागि सीमानाका बन्द गर्ने निर्णय लिएको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिएको राष्ट्रिय समाचार समितिले लेखेको छ।

उक्त बैठकमा नेपालका तर्फबाट कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनाल, कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुनचन्द ठकुरीलगायतको सहभागिता रहेको थियो।

जानकारी तथा लेखहरु