फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

त्रिभुवन विमानस्थलमा 'पूर्ण आपत्कालीन अभ्यास'

(GMT+08:00) 2017-06-24 14:59:50

नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले शुक्रबार 'फुल स्केल इमर्जेन्सी एक्सरसाइज' अर्थात् पूर्ण आपत्कालीन अभ्यास सफलताका साथ सम्पन्न गरेको छ। विमानस्थल कार्यालयले दिउँसो साढे चारदेखि पाँच बजेसम्म हुने सबै उडान तथा अवतरण बन्द गरेर 'फुल स्केल इमर्जेन्सी एक्सरसाइज' गरेको थियो। ए ३३० आकारको जहाजको डमी बनाएर आगो लगाई दमकल तथा रेस्क्यु टिमबाट उक्त जहाजमा लागेको आगो नियन्त्रण गर्दै जहाजमा रहेका १८० जनाको उद्धार गरेको थियो। गम्भीर घाइतेलाई हेलिकोप्टरको माध्यमबाट ग्रान्डी अस्पताल लगिएको थियो।

सामान्य घाइतेलाई उपत्यकाका दर्जनभन्दा बढी अस्पतालमा उपचार गर्न लागिएको अभ्यास गरिएको थियो। अभ्यासका क्रममा ४५ जनाको मृत्यु भएको भनि अभ्यास गरिएको थियो। विमानस्थलले प्रत्येक दुई-दुई वर्षमा गर्दै आएको आपत्कालीन सुरक्षासम्बन्धी परीक्षण सफलताका साथ गरेको हो। अभ्यासको परीक्षण गर्दा आधाघन्टासम्म विमानस्थल पूर्ण रूपमा बन्द गरिएको थियो। यसअघि २०७२ असारमा विमानस्थलले पूर्ण आपत्कालीन अभ्यास गरेको थियो।

विमानस्थल कार्यालयले डमी विमानमा आगो लगाएर त्यहाँ रहेका यात्रुलाई सकुशल उद्धार गर्ने प्रयास गरेको थियो। आपत्कालीन अवस्थामा आउने सबै कामका लागि आफ्नो संयन्त्र तयारी अवस्थामा रहेको सन्देश दिन उक्त अभ्यास गरिएको विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो। आइकाओको नियमअनुसार प्रत्येक दुई वर्षमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त विमानस्थलले यस खालको अभ्यास गर्नुपर्छ। नियमअनुसार विमानस्थलको सुरक्षा अवस्थाबारे जनतालाई सन्देश दिन यस्तो कार्य गरेको ठाकुरले जानकारी दिनुभयो।

जहाजले विमानस्थल टावरलाई दाया इन्जिनमा आगो लागेको सूचना दिनासाथ विमानस्थल टावरले दमकल, प्रहरी, आर्मी तथा सरोकारवाला निकायसँग सहयोग मागेको थियो। अभ्यासका लागि विमानस्थल वे पूर्ण रूपमा खाली गराई फुल इमर्जेन्सी उद्धारका लागि तयार थियो।

जानकारी तथा लेखहरु