फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रसुवागढीबाट सुन तस्करी बढ्दो

(GMT+08:00) 2017-06-24 15:02:26

चीनको केरुङ हुँदै काठमाडौंतर्फ मोटरसाइकलको पेट्रोल राख्ने ट्यांकीमा फल्स बटम बनाई लैजान लागेको सुन हालै बरामद भएको प्रहरीले जनाएको छ। पछिल्लो समय रसुवागढी नाकाबाट सुन तस्करी बढेको छ।

विशेष सुराकीको आधारमा प्रहरीले २ किलो सुन बरामद गरेको हो। उक्त सुनको हालको बजार मूल्य ९३ लाख २ हजार ५ सय रुपैयाँ रहेको छ।

रसुवागढी नाका सञ्चालनमा आएसँगै अवैध सुन व्यापार बढेको छ। ०७३ साल जेठदेखि ०७४ असार पहिलो सातासम्ममा रसुवागढी नाकामा २० किलो सुन बरामद भएको प्रहरीले जनाएको र्इकान्तिपुरले लेखेको छ।

अवैध सुन तस्करीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ४ स्थायी घर भई रसुवाको हाल उत्तरगया गाउँपालिकामा बस्ने कृष्णबहादुर श्रेष्ठलाई मोटरसाइकलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाका डीएसपी फणीन्द्र प्रसाईंले बताए। सिन्धुपाल्चोक तौथलीका घर भई काठमाडौंमा बस्ने ३१ वर्षीय दिनेश रोक्कालाई पनि पक्राउ गरिएको छ। संगठित अपराध ऐनअनुसार दुवैलाई अदालतबाट म्याद थप गरी अनुसन्धानका लागि थुनामा राखिएको डीएसपी प्रसाईंले बताए।

जानकारी तथा लेखहरु