फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाकिस्तानमा श्रृंखलाबद्ध बम विस्फोटबाट सयौंजना हताहत

(GMT+08:00) 2017-06-24 15:06:50

पाकिस्तानको उत्तर-पश्चिमी क्षेत्रको कुर्रूम एजेन्सीको सदरमुकाम पाराचिनार शहरमा हिजो तेइस तारिख राति भएको श्रृंखलाबद्ध बम विस्फोटबाट हालसम्म अठारजनाको ज्यान जानुका साथै एक सयभन्दा बढी घाइते भएका छन्।

उक्त विस्फोटमा घाइते भएकाहरूलाई नजिकको अस्पतालमा पुर्‍याइएको छ। स्थानीय सञ्चार-माध्यमले अस्पताललार्इ उद्धृत गर्दै जनाए अनुसार, घाइतेहरूमध्ये झण्डै तीसजनालार्इ गभ्मीर चोट लागेको छ। हाल पाराचिनार शहरका सबै अस्पताल आपतकालीन अवस्थामा प्रवेश गरेका छन्।

स्थानीय प्रहरी र सुरक्षा फौजले घटनास्थललार्इ बन्द गरी छानबीन शुरु गरेका छन्। हालसम्म कुनै पनि संगठनले त्यस आक्रमणको जिम्मेवारी लिएको छैन।

जानकारी तथा लेखहरु