फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

संयुक्त राष्ट्र संघका महासचिवद्वारा पाकिस्तानमा गरिएको बम हमलाको निन्दा

(GMT+08:00) 2017-06-24 15:07:32

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनिओ गुटेरसले तेईस तारिख आफ्ना प्रवक्तामार्फत एउटा बक्तव्य जारी गर्दै पाकिस्तानमा हिजो तेईस तारिख भएका दुईवटा बम विस्फोटन काण्डको निन्दा गर्नुका साथै तत्काल आक्रमणकारीलाई दण्ड सजाय दिन आह्वान गर्नुभएको छ।

आफ्नो बक्तव्यमा महासचिव गुटेरसले मृतकका परिवारजनलाई समवेदना व्यक्त गर्नुका साथै घाइतेहरूको छिटोभन्दा छिटो स्वास्थ्य लाभको कामना गर्नुभएको छ। आतंकवाद र हिंसात्मक उग्रवादलाई प्रहार गर्ने पाकिस्तान सरकार र जनताको प्रयासलाई समर्थन गर्दैजाने पनि उहाँले स्पष्ट पार्नुभएको छ।

जानकारी तथा लेखहरु