फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दक्षिण एशियाली मुलुकसम्बन्धित् यस साताभरिका मुख्य समाचारहरू

(GMT+08:00) 2017-06-24 15:18:54

जुन उन्नाईस तारिखका दिन ब्रिक्स मुलुकहरुको विदेशीमन्त्री भेटघाट पैचिङको त्याउयुथाई राष्ट्रिय अतिथिगृहमा भएको थियो। चीनको परराष्ट्रमन्त्री वाङ यीले उक्त भेटघाट समारोहको अध्यक्षता गर्नुभएको थियो। उहाँका अनुसार चालु वर्ष ब्रिक्स मुलुकहरुको दोस्रो गोल्डेन दशकको शुरुवात हो। परराष्ट्रमन्त्री यीले चीनले ब्रिक्स मुलुकहरुको वर्तमान अध्यक्ष मुलुकको अवधिमा अरु चार वटा मुलुकहरु सँगसँगै मिलेर ब्रिक्स मुलुकको दोस्रो गोल्डेन दशक निर्माण गर्ने आशा व्यक्त गर्नुभएको छ।

यसै क्रममा चीनका राष्ट्राध्यक्ष सी चिन फिङले ब्रिक्स मुलुकको विदेशमन्त्री शिखर सम्मेलनमा सहभागी हुनआएका रुसका विदेशमन्त्री सर्गेइ लाभरोभ, दक्षिण अफ्रिकाका विदेशमन्त्री मासबाना,ब्राजिलका विदेशमन्त्री एलोइसियो नुन्स र भारतका विदेश राज्यमन्त्री विजयकुमार सिँहसँग भेटघाट गर्नुभएको छ।

सोही दिन ब्रिक्स मुलुकहरुको अर्थमन्त्री र चीनको केन्द्रिय बैकको प्रमुख सम्मेलन चीनको शाङहाईमा आयोजित भएको छ। उक्त सम्मेलनमा विभिन्न पक्षले ब्रिक्स मुलुकबीचको सहयोग सम्बन्धमा आर्थिक छलफल गर्नुका साथै स्यामन वार्ताका लागि पुँजी तयारी पूरा गरेका छन्।

-----------------------------

हालै बङ्गलादेशको दक्षिण पूर्वी भागमा गम्भिर पहिरो गएको छ। जसबाट धेरै मानिसहरु हताहत भएका छन्। चीनका परराष्ट्रमन्त्री वाङ यीले गम्भिर पहिरोबाट हुन गएको क्षतिप्रति बङ्गलादेशका विदेशमन्त्री ए एच मन्हमुद अलीलाई एक सन्देश मार्फत घाइतेका परिवारहरुलाई सान्त्वना व्यक्त गर्नुभएको छ। बङ्गलादेशका विदेशमन्त्री अलीले चीनको उक्त सान्त्वना सन्देशका लागि धन्यवाद ज्ञापन गर्नुभएको छ।

-----------------------------

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा भारतीयहरुले विभिन्न तरिकाबाट अन्तर्राष्ट्रिय योग दिवस मनाएका छन्। बिहान सबेरै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दश हजारभन्दा बढी जनताहरुसँगसँगै योग कार्यक्रममा सहभागी भइ योग गरेका छन्।

-----------------------------

सन् 2017 दक्षिण एशिया, दक्षिण पूर्वी एशिया मुलुकहरुको आर्थिक तथा व्यापारिक आदान प्रदान सम्मेलन जुन 18 तारिखका दिन चीनको युनान प्रान्तको खुन मिङ शहरमा सम्पन्न भएको छ। सात दिने यस सम्मेलनमा पाँच खरब चिनियाँ युआनको परियोजनामा हस्ताक्षर भएको छ।

जानकारी तथा लेखहरु