फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ब्रिक्स मुलुकहरुको वातावरण मन्त्री सम्मेलन चीनमा

(GMT+08:00) 2017-06-24 15:24:54

सिन्व्हा समाचार समितिका अनुसार तेस्रो ब्रिक्स मुलुकहरुको वातावरण मन्त्री सम्मेलन तेईस तारिखका दिन चीनको थ्येनचीनमा आयोजित भएको छ। उक्त सम्मेलन पहिलो पटक चीनमा आयोजना गरिएको हो।

चीनको वातावरण मन्त्रालयका प्रमुख लि कान चेले उक्त सम्मेलनको अध्यक्षता गर्नुभएको छ।

उहाँका अनुसार हाल संसारमा मौसम परिवर्तन र ऊर्जा श्रोत संकट आदि समस्या देखा परेका छन्। ब्रिक्स मुलुकहरुले सँगसँगै दिगो विकासका साथै वातावरणको सँरक्षण गर्नुपर्दछ।

उक्त सम्मेलनमा दक्षिण अफ्रिका,भारत,रुस र ब्रजिलका सम्बन्धित् विभागका प्रतिनिधिहरुले वातावरणको सँरक्षण र दिगो विकास विषयबारे वैचारिक आदान प्रदान गरेका थिए।

जानकारी तथा लेखहरु