फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा दोस्रो चरणको स्थानीय चुनाव प्रचारको आज अन्तिम दिन

(GMT+08:00) 2017-06-25 17:35:20

नेपालमा स्थानीय चुनावको प्रतिस्पर्धामा रहेका उमेदवारहरु आज अन्तिम दिनको प्रचारप्रसारमा व्यस्त छन्। आइतबार मध्यरातबाट मौन अवधि सुरु हुन्छ। मतदान नसकिएसम्म लागू हुने मौन अवधिमा मतदातालाई प्रभावित पार्ने र प्रचारका कुनै पनि काम गर्न रोक लगाइएको अनलाइन खबरले लेखेको छ।

निर्वाचन आचारसंहिता अनुसार आज आइतबार मध्यरातबाट उमेदवारले प्रचारप्रसार गर्न नपाउने भएकाले दलहरु अन्तिम दिनको चुनाव प्रचारमा खटिएका छन्। प्रमुख दलका शीर्ष नेतासहित उम्मेदवारहरु चुनावी सभा, र्‍याली र मतदातासँगको भेटघाटमा व्यस्त छन्।

मौन अवधि सन्चार माध्यमहरुलाई पनि लागू हुन्छ। यस अवधिमा कुनै पनि राजनीतिक दल वा उम्मेदवारलाई भोट माग्दै विज्ञापन वा सन्देश प्रकाश प्रसारण गर्न रोक लगाइएको छ। त्यस्तै सामाजिक सञ्जाल फेसबुक, ट्विटर लगायतमा समेत मौन अवधिमा प्रचार प्रसार गर्न निर्वाचन आयोगले रोक लगाएको छ। आयोगले जारी गरेको निर्वाचन आचारसंहिता अनुसार मौन अवधिमा 'एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचनमा प्रचार प्रसार गर्न नहुने,' उल्लेख छ।

निर्वाचनका लागि खटिएका कर्मचारीहरुले मौन अवधिभित्रै मतदान केन्द्रहरु तयार गर्नेछन्।

जानकारी तथा लेखहरु