फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लमजुङको ङादीमा 40.27 मेगावाटको जलविद्युत् बन्दै

(GMT+08:00) 2017-06-25 17:36:14

लमजुङ जिल्लाको ङादी खोलामा 40.27 मेगावाटको सुपर न्यादी जलविद्युत् आयोजना निर्माण हुने भएको छ। आयोजनाले निर्माणपूर्वका काम सकेर वित्तीय व्यवस्थापनको कार्य अन्तिम चरणमा रहेको कान्तिपुर अनलाइनले लेखेको छ।

प्रवर्द्धक सिउरी न्यादी पावर प्रालिले बनाउने आयोजनाको जेठ 19 विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पीपीए) भएको छ। आयोजना र प्राधिकरणबीच हिउँदको समय प्रतियुनिट 8 रुपैयाँ 40 पैसा र वर्षामा 4 रुपैयाँ 80 पैसाको दरमा पीपीए भएको छ। कम्पनीले यसअघि जिल्लाको उत्तरी क्षेत्रकै सिउरी खोलामा 5 मेगावाटको सिउरी जलविद्युत् आयोजना निर्माण गरिसकेको छ। बेंसीसहरमा आयोजित प्रथम छलफल कार्यक्रममा विस्तृत अध्ययन सुरु भएको 3 वर्षपछि आयोजना निर्माणमा जुटेको कम्पनीका प्रबन्ध निर्देशक शैलेन्द्र गुरागाईले बताउनुभयो। उहाँका अनुसार 2 महिनाभित्र वित्तीय व्यवस्थापन सक्ने र त्यसको 6 महिनामा आयोजनाले ठेक्का सम्झौता गरेर निर्माण अघि बढाउनेछ। खोलाको बहावमा आधारित आयोजनाको साविक बाहुनडाँडा 1 डहरेनजिकै बाँध निर्माण गरिनेछ। 6 किलोमिटर 7 सय मिटर लामो टनेलमार्फत ल्याइएको पानीलाई काफलडाँडामा निर्माण गरिने सर्ज ट्याङबाट झारी यसअघि सिउरी आयोजनाको पावरहाउस नजिकै भूमिगत विद्युत्गृह निर्माण गरी विद्युत् उत्पादन गरिनेछ।

जानकारी तथा लेखहरु