फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रधानमन्त्री लीद्बारा वैज्ञानिक गोष्ठीलाई सम्बोधन

(GMT+08:00) 2017-06-25 17:38:38

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका स्थायी सदस्य, प्रधानमन्त्री एवम् पार्टी टोलीका सचिव ली ख छ्याङ्गले जुन बाईस तारिख राज्य परिषद्को पार्टी टोलीको वैज्ञानिक गोष्ठीको अध्यक्षता गर्दै नयाँ चरणको विश्व वैज्ञानिक-प्राविधिक क्रान्ति र उद्योग-व्यवसाय सुधार आबद्ध विभिन्न क्षेत्रको विकास अवस्थाबारे गहन रुपमा अध्ययन गर्नुभएको छ।

उक्त गोष्ठीमा चिनियाँ विज्ञान प्रतिष्ठानका केही सदस्यहरूले विश्व नयाँ वैज्ञानिक-प्राविधिक क्रान्ति, उद्योग-व्यवसाय सुधारको कुल अवस्था, मानव बुद्धिजीवी, क्वान्टम विज्ञान र जीनको सम्वादन आदि वैज्ञानिक विषयबारे विश्लेषण र ब्याख्या गरेका छन्।

आफ्नो सम्बोधनमा प्रधानमन्त्री लीले सारा विश्वको नयाँ चरणको वैज्ञानिक-प्राविधिक प्रतिस्पर्धामा रणनीतिक उपलब्धि प्राप्त गर्नका लागि आधारभूत अनुसन्धान भन्ने महत्वपूर्ण जगलाई सबल पार्नुपर्ने कुरामा जोड दिनुभएको छ।

जानकारी तथा लेखहरु