फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ स्टेन्डर्ड तीव्र गतिको रेलको नामकरण

(GMT+08:00) 2017-06-25 17:39:57

चिनियाँ रेलमार्ग कम्पनीद्बारा संगठित र अनुसन्धान गरिएको, पूर्ण आत्म बौद्धिक सम्पदा रहेको र विश्व अग्र स्तरमा पुगेको चिनियाँ स्टेन्डर्ड तीव्र गतिको रेलको नाम अर्थात् "फु सिङ" आज जुन पच्चीस तारिख सारा विश्वसमक्ष देखाइएको छ।

चिनियाँ रेलमार्ग कम्पनीको पार्टी टोलीका सचिव एवम् मुख्य मेनिजर लु तुङ फुले रेलमार्ग कम्पनीको पार्टी टोलीको तर्फबाट आज पच्चीस तारिख पैचिङ्गमा उक्त नाम घोषणा गर्नुभएको हो।

सचिव लुका अनुसार, चिनियाँ स्टेन्डर्ड तीव्र गतिको रेललाई "फु सिङ" अर्थात् पुनरुत्थान भन्ने नाम दिइएको कुराबाट चीनको रेलमार्गले आर्थिक र सामाजिक विकासलाई सेवा प्रदान गर्ने र जनताको जीवनका लागि नयाँ वातावरणको सिर्जना गर्ने शुभेच्छा पनि प्रतिबिम्बित गरिएको छ।

चीनको रेलमार्गको गौरवान्वित ऐतिहासिक परम्परा रहेकाले रेललाई दिइएको नाम पनि युगको विशेषतासँग मेल खाएको देखिन्छ।

जानकारी तथा लेखहरु