फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

स्थानीय चुनावका कारण नेपाल भारत सीमा तीनदिनका लागि बन्द

(GMT+08:00) 2017-06-26 16:16:10

         नेपाल–भारतको सीमानाका सोमबार बिहानदेखि तीन दिनसम्मका लागि सिल गरिएको छ । असार १४ मा हुने स्थानीय तह निर्वाचनको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी सबै सीमानाका सिल गरिएको हो।

        मोरङका सीडीओ यज्ञराज कोइरालाका अनुसार भारतको सुपौलमा नेपाल–भारतका सीमावर्ती जिल्लाका उच्च सुरक्षा अधिकारीसँग संयुक्त छलफल गरी तीन दिन अर्थात् आजदेखि बुधबार रातिसम्मका लागि सीमानाका सिल गरिएको हो। निर्वाचन अवधिमा हुनसक्ने सम्भावित आपराधिक गतिविधि रोक्न तथा निर्वाचनलाई सुरक्षित बनाउन दुवै देशका सुरक्षा अधिकारीबीच सीमानाका सिल गर्ने सहमति भएको हो। सिडियो कोइरालाका अनुसार चुनावको भोलिपल्ट १५ गतेबाट पूर्ववत् रूपमा सीमानाका सुचारु हुनेछ।

          नेपालखबर अनलाइनका अनुसार चुनावी सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी सीमावर्ती सबै क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको र त्यसका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको सुरक्षा स्थानीय प्रशासनले जनाएको छ।

         भारतका तर्फबाट पनि चुनाव अवधिमा सीमावर्ती क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाउने र सोहीअनुसार सुरक्षा व्यवस्था मिलाउने दुई देशका अधिकारीबीच सहमति भएको सीडीओ कोइरालाले जानकारी दिनुभयो।

जानकारी तथा लेखहरु