फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको उत्तर-दक्षिण व्यापारिक मार्ग निर्माणमा तीव्रता

(GMT+08:00) 2017-06-26 16:16:49

        उत्तर दक्षिण व्यापारिक मार्ग बिस्तारित आयोजनाले बहुचर्चित कालिगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला व्यापारिक सडक निर्माण तथा विस्तारित अभियानलाई तिब्रता दिएको छ। समयमै सम्पन्न गर्नको लागि निर्माण कार्यलाई तीब्रता दिइएको आयोजनाले जनाएको छ। आयोजनाका इन्जिनियर जगत प्रजापतिका अनुसार जोमसोम देखि कोरला १ सय १० कि.मि. दुईलेनको ग्राभेल गर्न ७ खण्डमा विभाजन गरी निर्माणकार्य संञ्चालन भएको छ।

          जोमसोमदेखि झैतेसम्मको ५४ किलोमिटर सडकलाई ४ खण्डमा विभाजन गरिएको छ। झैतेदेखि कोरला ५८ किमिलाई ३ खण्डमा विभाजन गरि कन्ट्रयाक गर्नेले जिम्मा लिएर काम सञ्चालन गरेको इन्जिनियर प्रजापतिले जानकारी दिनुभयो।

          जोमसोम कोरला सडक निर्माण तथा बिस्तार २ वर्षमा संम्पन्न गर्ने आयोजनाको योजना छ। उपल्लो मुस्ताङमा हिउँदयाममा भारी हिमपात हुने, चिसो शीत लहर छाउने, कालिगण्डकी नदीमा पानीको वहाव बढ्ने र छुसाङ खोलामा पुल निर्माण नहुँदा नियमित काम सञ्चालन र निर्माण सामाग्री ढुवानी गर्न असहज हुने भएकोले आयोजना निर्माणमा समस्या आएको अयोजनाका अधिकारीहरुको भनाइ छ।

            जोमसोम–कोरला खण्ड प्रतिकुल मौसमका कारण वर्षेनि ५ महिना निर्माण कार्य स्थगित हुने गरेको छ, सेतोपाटी अनलाइनले लेखेको छ।

जानकारी तथा लेखहरु