फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाकिस्तान र अफ्गानिस्तानको भ्रमणमा चिनियाँ परराष्ट्र मन्त्रीको टिप्पणी

(GMT+08:00) 2017-06-26 16:19:25

         चिनियाँ परराष्ट्र मन्त्री वाङ्ग यीले पाकिस्तानको भ्रमण गरेपछि पाकिस्तानी प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार शर्ताज अजिजसँगै संयुक्त रूपमा पत्रकारहरूसँग साक्षात्कार गरी अफ्गानिस्तान र पाकिस्तानको कूटनीतिक भ्रमणबारे टिप्पणी गर्नुभएको छ। उहाँका अनुसार यसै जुन24देखि 25तारिखसम्म अफ्गानिस्तान र पाकिस्तानको निमन्त्रणामा यी दुबै मुलुकको भ्रमण भएको हो। द्वीपक्षीय सम्बन्ध प्रवर्द्धन गर्नु बाहेक परराष्ट्र मन्त्री वाङ्गको यस कार्यक्रमको अर्को कार्यभार पाकिस्तान र अफ्गानिस्तानको आग्रहमा अफ्गानिस्तान र पाकिस्तानबीचको सम्बन्ध सुधार गर्नुका साथै अफ्गानिस्तानको मेलमिलाप प्रक्रियाका लागि मध्यस्थता गर्नु नै हो।

          परराष्ट्र मन्त्री वाङ्गका अनुसार यस भ्रमणले सकारात्मक उपलब्धि पाएको छ। पाकिस्तान र अफ्गानिस्तानले सदिच्छापूर्ण धारणा लिएको देखिन्छ। यी दुबै पक्षले द्वीपक्षीय संकट नियन्त्रण तथा व्यवस्थापन संयन्त्रको स्थापना गर्नुपर्ने आवश्यकता स्वीकार गरेका छन्। आउने चरणको केन्द्रीय विषय भनेको पाकिस्तान र अफ्गानिस्तानले कसरी यस संयन्त्रको प्रभावकारी अपरेसन गर्ने भन्ने नै हो। चीनले निरन्तर रुपमा सकेसम्म रचनात्मक भूमिका सिर्जना गर्दै जाने आशा गरेको छ।

जानकारी तथा लेखहरु