फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाकिस्तानी राष्ट्रपति र चिनियाँ परराष्ट्र मन्त्रीबीच भेटवार्ता

(GMT+08:00) 2017-06-26 16:19:58
       पाकिस्तानी राष्ट्रपति माम्नून हुसैनले जुन 25 तारिख इस्लामाबादमा पाकिस्तानको भ्रमणमा रहनुभएका चिनियाँ परराष्ट्र मन्त्री वाङ्ग यीसँग भेटवार्ता गर्नुभएको छ।

        भेटवार्तामा राष्ट्रपति हुसैनले हाल केही वर्षयता चीनद्वारा पाकिस्तानलाई दिइएको ठूलो सहयोगप्रति धन्यवाद व्यक्त गर्दै चीनको केन्द्रीय हितसित सम्बन्धी समस्यामा पाकिस्तानले द्दढताका साथ चीनलाई समर्थन गर्ने अडान लिँदै जाने बताउनुभएको छ।

         परराष्ट्र मन्त्री वाङ्गका अनुसार चीन र पाकिस्तानले सधैं पारस्परिक सम्मान तथा समर्थन दिँदै आएको छ। हाल केही दशकयता अन्तर्राष्ट्रिय परिस्थिति जसरी परिवर्तन भए तापनि यी दुबै मुलुकले सधैं एउटै अडानमा उभिएको छ। चीनले पाकिस्तानसँग आपसी सहमत्तिलाई व्यवहारमा उतार्दै विभिन्न पक्षबीचको सहयोगलाई प्रवर्द्धन गर्ने आशा गरेको छ।

जानकारी तथा लेखहरु